मौसम बद्लीसँगै घट्न थाल्यो अधिकतम तापक्रम

 चैत १०, २०७८ बिहीबार ७:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका पहाडी क्षेत्रको मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशबाहेक अन्य पाँच प्रदेशका पहाडी क्षेत्रमा  मौसम आज पनि आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

दुई/तीन दिनयता नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । यही प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ । मध्य दिउँसाेको समयमा मौसम बद्ली हुन थालेकाले अधिकतम तापक्रम घट्न थालेको छ ।

३१ डिग्री सेल्सियसभन्दा माथि पुगेको काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस छ । यस्तै, ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको धरानको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस छ ।

काठमाण्डौ र धरानसहित देशका धेरैजसो ठाउँको अधिकतम तापक्रम घट्न थालेको छ । यसैबीच चट्याङ्ग पर्न थालेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । दिउँसो पछिको समयमा चट्याङ्ग पर्ने भएकाले यो समयमा सकेसम्म खेतबारीमा नजान मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया