सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाको आन्दोलन : थलीमा सडक ठप्प, सातदोबाटो–चापागाउँ सडक खण्डमा डाइभर्सन

 चैत १०, २०७८ बिहीबार ९:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौको जोरपाटी–साँखु सडक खण्ड कालोपत्र गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

थलीको मिलनचोकमा भेला भएर स्थानीय बासिन्दाले बिहानैदेखि सडक बन्द गराएका हुन् । सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताएका छन् । यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए ।

यसैबीच, स्थानीय बासिन्दाको आन्दोलनका कारण ललितपुरको सातदोबाटो–चापागाउँ सडक खण्ड आज पनि प्रभावित भएको छ। स्थानीय बासिन्दाको आन्दोलनका कारण बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडी डाइभर्सन गरिएको छ ।  

यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले अस्ति मङ्गलवारदेखि सडक बन्द गरेका हुन् ।

ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीय बासिन्दाले सडक नै बन्द गरेर विरोध गर्दै आएका छन्। ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो।

एक वर्ष अगाडि यो सडक पिच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या भएकाे छ । गएको मंसिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाअध्यक्ष महर्जन बताउनुहुन्छ। 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया