जावलाखेलमा सुरु भयाे २३ औँ 'फ्लोरा एक्स्पो'

 चैत १०, २०७८ बिहीबार १९:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ २३ औँ फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलमा आज बिहीवारदेखि सुरु भएको छ । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्ले फ्लोरिकल्चर एसोसिएशन नेपालले आयोजना गरेको  एक्स्पो आउँदाे चैत १३ गतेसम्म सञ्चालन हुनेछ । 

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गएको दुई वर्षदेखि बन्द रहेको एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रदर्शनी गरिएको एसोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो । 

एक्स्पोमा ६२ वटा स्टल रहेका छन् । ती स्टलमा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, कृषि औजार उपकरण, थोपा सिँचाइ प्रविधि र आधुनिक पुष्पखेती प्रविधिको प्रदर्शन रहेको फ्लोरिकल्चर एसाेसिएशन नेपालले जनाएको छ ।  

एक्स्पोमा ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा ७५ लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीले उत्पादन भएका फूल तथा बिरुवालाई स्वच्छ प्रतिस्पर्धा गराइ विभिन्न विधामा पहिलो हुनेलाई नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने फ्लोरिकल्चर एसाेसिएशनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । 

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाण्डाै, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा अहिले व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा झन्डै एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले पुष्पखेती गर्दै आएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया