आज पनि हिजोको जस्तै हावाहुरी र चट्याङ्गसहित हल्का पानी पर्ने

 चैत ११, २०७८ शुक्रबार ७:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज पनि हिजोको जस्तै हावाहुरी चल्ने सम्भावना भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

स्थानीय वायुसँगै माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हावाहुरी चलेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार आज पनि बेलुकीपख काठमाण्डौसहित पहाडी क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।

आज प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । हावाहुरी र मेघगर्जन हुने बेलुकीको सयममा सकेसम्म हिँडडुल नगर्न र खेतबारीको काम नगर्न मौसमविद्को सुझाव छ ।

भोलिको मौसम पनि यस्तै रहने अनुमान छ । प्रि-मनसुनमा स्थानीय वायुको प्रभावकै कारण छोटो समयमा नै मौसम बद्ली भइ हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र असिना पानी पर्ने हुन्छ । अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया