अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण केहीबेर प्रभावित हुने भएकाे छ।
विदेशमन्त्री वाङ बेलुका साढे पाँच बजे भारतबाट काठमाण्डौ आउने तालिका रहेको छ । उहाँको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण केहीबेर प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
‘भीभीआईपी पाहुना आउँदा नोटाम नै जारी गरेर विमानस्थल बन्द हुन्थ्यो, आज आउन लागेका पाहुना भीभीआईपी नभइ भीआईपी हो, उहाँको विमान अवतरणको बेला केहीबेर अरु उडान प्रभावित हुन सक्छन् ' सिटौलाले भन्नुभयो ।
आधा घण्टा उडान प्रभावित हुन सक्ने र त्यसको लागि आन्तरिक उडानहरुको तालिका मिलेको र अन्तर्राष्ट्रिय उडानमा पनि खासै समस्या नहुने उहाँको भनाइ छ । तीन दिने भ्रमणको लागि चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदैहुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।