बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ ।
पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो ।
दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो । स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किनुभएको थियो ।
स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिनुभयो । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।