स्थानीय बासिन्दाको आन्दोलनका कारण हरिसिद्धिमा पनि सडक अवरुद्ध, थलीमा फेरि बन्द

 चैत ११, २०७८ शुक्रबार ११:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सातदोबाटो–चापागाउँ सडक खण्ड

काठमाण्डाै - सडक मर्मतको माग गर्दै ललितपुरको हरिसिद्धिका स्थानीय बासिन्दाले पनि सडक अवरुद्ध गरेका छन् । स्थानीय बासिन्दाको  अवरोधका कारण सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने गाडी प्रभावित भएका छन् ।

यो सडक खण्ड भएर चल्ने गाडीलाई हरिसिद्धि अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैगरी गोदावरीबाट आउने गाडीलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, काठमाण्डौको जोरपाटी–थली सडक खण्ड फेरि बन्द भएको छ ।

बिहान केहीबेर गाडी चले पनि स्थानीय बासिन्दाले फेरि बन्द गराएका प्रहरीले जनाएको छ । हिजो पनि यो सडक खण्ड बन्द थियो । यस्तै, सडक कालोपत्र  गर्न माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण सातदोबाटो–चापागाउँ सडक खण्डमा आज पनि डाइभर्सन छ ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी डाइभर्सन गरिएको हो । यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया