माधव नेपालकाे आराेप– ‘केपी ओली ज्ञानेन्द्र शाहलाई भेट्न सुटुक्क जाने गरेका छन्’

 चैत ११, २०७८ शुक्रबार १४:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको आराेप लगाउनुभएकाे हो । 

अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयाे, ‘यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागिपरेका छन् । तर उनी पनि गठबन्धन गर्दैछन्, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् । विदेशीहरूसँग, दलाली गर्ने पार्टीहरूसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरू दक्षिणपन्थी शक्ति हुन ।’  

अध्यक्ष नेपालले आफूहरू भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने बताउनुभयाे । उहाँले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गर्नुभयो । 

यस्तै अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्ने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबीसमेत गर्नुभयो । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उहाँकाे दाबी छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया