म्यादी प्रहरी बन्न सुनसरीमा भिड (तस्बिरहरू)

 चैत ११, २०७८ शुक्रबार २०:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – स्थानीय तह चुनाव लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको सुनसरीमा पनि भिड लागेको छ । कार्यालय समयअघि नै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभइ फारम लिन लाइनमा बस्नेको भिड पनि उत्तिकै बाक्लो छ ।

युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह ४० दिने सरकारी जागिरमा झुम्मिएका छन् । एकाबिहानै लाइनमा पालो पर्खने धेरैजसाेकाे चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनुपरेको धेरैजसाेकाे भनाइ छ । उनीहरू भन्छन्, ‘सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन, खाली बस्नुको साटो थोरै भए पनि घर घर्च जुट्छ । त्यही भएर म्यादी खान आएको ।’

युवा मात्र नभइ अधबैँसे उमेर समूहका व्यक्तिहरू समेत म्यादी बन्ने इच्छा बोकेर घण्टौँ लाइनमा छन् । उनीहरू पनि परिवारको गर्जो टार्न ४० दिने सरकारी जागिर खान आएको बताउँछन् ।

म्यादी प्रहरीका लागि साधारण लेखपढ मात्रै पुग्ने भए पनि आवेदन दिने शिक्षित बेरोजगारको सङ्ख्यासमेत ठूलो छ । उनीहरूको भनाइमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । म्यादी प्रहरीमा आवेदन दिनेको भिडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई गिज्याइ रहेको स्पष्ट देखिन्छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया