जावलाखेलमा पुष्प मेला (फाेटाे फिचर)

 चैत १३, २०७८ आइतबार १२:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको जावलाखेलमा चलिरहेको २३औँ पुष्प मेलामा अहिलेसम्म झन्डै ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

मेला सुरु भएको दिन गएको बिहीवार २१ लाख ५० हजार रुपैयाँ, अस्ति शुक्रवार दोस्रो दिन २७ लाख रुपैयाँ र हिजो झन्डै ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसाेसिएशन नेपालले जनाएको छ ।

तीन दिनमा झन्डै ३६ हजार आठ सय जनाले मेलाको अवलोकन गरेका र आज थप कारोबार हुने एसाेसिएशनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । मौसमी फूल, कट फ्लावर, सुनाखरी फूल, बीउबिजन, ग्रीनहाउस कृषि औजार राखिएको मेलामा विभिन्न ५१ वटा स्टल छन् ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धि लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको मेला आज सकिँदैछ ।

तस्बिर : 

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया