चीनको शङ्घाई सहरमा लकडाउन

 चैत १४, २०७८ सोमबार १०:४२:४२ | एजेन्सी
unn.prixa.net

चीनको शङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनकाे घोषणा गरिएको हो । अबको ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ ।

सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । शङ्घाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने खबरमा उल्लेख गरिएको छ ।  कोरोना भाइरसको सङ्क्रमण शून्य  जस्तै रहेको चीनमा  फेरि सङ्क्रमण बढ्न थालेको छ । चीनले सङ्क्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया