कम 'भिजिविलिटी' का कारण हवाई उडान प्रभावित, ५ फन्का लगाएपछि एअर अरेबियाको जहाज अवतरण

 चैत १४, २०७८ सोमबार १५:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कम 'भिजिविलिटी' का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् । 

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट हुने दुई दर्जन उडानमा ढिलाइ भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आबुधाबीबाट आएको एअर अरेबियाको जहाजले पर्साको आकाशमाथि पाँच फन्का लगाएपछि बल्ल अवतरणको पालो पायो । यस्तै पोखराबाट काठमाण्डौका लागि उडेको जहाजले पनि चितवनमाथिको आकाशमा थुप्रै फन्का लगाएपछि अवतरण गरेको छ । 

मौसममा सुधार नआएसम्म विमानस्थलबाट हुने उडान अवतरण प्रभावित हुने र केही उडान रद्द नै हुने विमानस्थल कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया