वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु

 चैत १४, २०७८ सोमबार २०:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । आज सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरूको निःशुल्क उपचार गर्न पाइनेछ । 

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतले आजदेखि रगत र रगतसँग सम्बन्धित रोगहरूको उपचार निःशुुल्क सेवा सुरु भएको बताउनुभयो । उहाँले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्नेतर्फ लागिरहेको बताउनुभयो ।

त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. निरजकुमार सिंहले नेपालमै पहिलो पटक रगतजन्य अनुवांशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको बताउनुभयो । उहाँले अब अस्पतालले हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी प्राथमिक जाँच परीक्षण पनि निःशुल्क हुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया