देश विकास गर्न पनि एमालेले जित्नुपर्छ : अध्यक्ष ओली

 चैत १४, २०७८ सोमबार १९:९:३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताउनुभएको छ ।  

कपिलवस्तुको तौलिहवामा आज साेमवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशकाे विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उहाँले आरोप लगाउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । 

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले आउँदाे स्थानीय तहको चुनावमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । आजै एमालेमा प्रवेश गर्नुभएका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गर्नुभयो ।  

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व मेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका १ का अध्यक्ष सुदीप पौडेल, वडा नं ४ का अध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं १२ का अध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका ६ का अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका ८ का अध्यक्ष साहबुद्दिन मुसलमानलगायत एमालेमा प्रवेश गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया