मोन्टी देसाईको कार्यकाल सकियो, क्यानले दियो धन्यवाद
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डौमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ । आज काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ । हिजो दिउँसो काठमाण्डौको एक्यूआई १ सय ६७ रहेको थियो । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।
एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । काठमाण्डौको आकाश आज पनि धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।
अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेरसमूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।
विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले प्रदूषण बढेको यो बेलामा श्वासप्रश्वास सम्बन्धी रोग खोकी, दम तथा मुटुका बिरामी अझ बढी प्रभावित हुने गर्छन् । केहीदिन सकेसम्म मर्निङ वाक नगर्न पनि विभागको आग्रह छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । एक्यूआई इन्डेक्सका अनुसार आज बिहान साढे सात बजे भारतको दिल्ली सहर सबैभन्दा प्रदूषित छ । दिल्लीकाे एक्यूआई २ सय २१ रहेकाे छ । त्यस्तै दाेस्राेमा पाकिस्तानकाे लाहाेर रहेकाे छ । तेस्राेमा काठमाण्डाै रहेकाे छ ।
गएको वर्ष देशका पाँच सयभन्दा धेरै ठाउँमा एकैपटक लागेको डढेलोका कारण नेपालमा चैत १३ गतेदेखि प्रदूषण उच्च भएको थियो । यो वर्ष पनि अस्तिदेखि फेरि प्रदूषण बढ्न थालेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।