त्रिभुवन विमानस्थलमा आज पनि हवाई उडान र अवतरण प्रभावित

 चैत १६, २०७८ बुधबार ८:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर छ । न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण सहज हुने भएकाले अहिले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ । भिजिबिलिटी कम हुँदा हिजो र अस्ति पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया