भुटानका पूर्वप्रधानमन्त्रीले श्रीमती बोकेको तस्बिर एकाएक भयो भाइरल !

 भदौ ३०, २०७५ शनिबार २१:४७:१३ | एजेन्सी
unn.prixa.net

मानिसहरु प्रेमका लागि के गर्दैनन् ? भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेले हालै आफ्नी पत्नीका यस्तो काम गरे जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

छिरिङ तोब्गेले आफ्नो ट्विटर ह्याण्डलमा एउटा तस्बिर शेयर गरे । उनले अप्ठेरो बाटोमा पत्नीलाई पिठ्युँमा बोकेको तस्बिर अहिले भाइरल भैरहेको छ । तस्बिरमा देखिए अनुसार बाटो एकदमै अप्ठेरो र हिलाम्य रहेको छ ।

पूर्वप्रधानमन्त्री तोब्गेले फोटो शेयर गर्दै लेखे, ‘सर वाल्टर रालेघजस्तो साहसी त छैन तर पनि मैले त्यो काम गरेँ, जुन हरेक पुरुषले उनले आफ्नी पत्नीको खुट्टा सफा राख्न गर्नुपर्छ ।’

 

सर वाल्टर रालेघ एक बेलायती कवि थिए । उनी ब्रिटिस आर्मीका हिस्सा पनि थिए । उनका बारेमा भन्ने गरिन्छ कि एकपटक उनले महारानी एलिजाबेथ प्रथम हिँड्ने बाटोमा हिलो भएपछि आफ्नो ओभरकोट फुकालेर बाटोमा ओछ्याइदिएका थिए । 

छिरिङ तोब्गेको फोटो भाइरल भएसँगै सामाजिक सञ्जालमा उनको निकै नै प्रशंसा भैरहेको छ ।

मोहम्मद अताउर रहमान ट्वीट गर्दै भन्छन्, ‘तपाईँ जुनसुकै पदमा हुनुहोस्, पत्नीप्रतिको तपाईँको प्रेम प्रकट भएको छ । यो शेयर गर्नुभएकोमा धन्यवाद । यो नयाँ पिँढीका लागि प्रेरक पनि हुनेछ कि उनीहरुले आफ्नो पत्नीको ख्याल कसरी राख्ने भन्ने बारेमा ।’

त्यस्तै सुशील नाम गरेका एक ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘एकदमै राम्रो कुरा गर्नुभयो सर, सबै पुरुषले तपाईँप्रति गर्व गर्नुपर्छ ।’

त्यस्तै इश्वर कुलकर्णी लेख्छन्, ‘वास्तविक जीवनको बाहुबली देवसेना तथा अमरेन्द्र बाहुबली ।’

छिरिङ तोब्गे जुलाई २०१३ देखि ९ अगस्ट २०१८ सम्म भुटानका प्रधानमन्त्री बने । अहिले मुख्य सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुकले भुटानको अन्तरिम सरकारको अध्यक्षता गरिरहेका छन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया