अति विपन्न र जोखिममा रहेका समूहलाई कानुन व्यवसायीले 'प्रो बोनो' सेवा दिने

 चैत १६, २०७८ बुधबार १३:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  पैसा तिरेर आफ्नो कानुनी हकहित संरक्षण गर्न नसक्नेहरूलाई वकिलहरूले प्रो बोनो कानुनी सेवा अर्थात् स्वेच्छिक निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएका छन् ।

काठमाण्डौमा भएको प्रो बोनो कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन २०७८ मा आर्थिक तथा सामाजिक कारणबाट आफ्नो कानुनी हकहित संरक्षण गर्न असमर्थ पक्षहरू, मानव बेचबिखन, जबरजस्ती करणी तथा घरेलु हिंसाबाट प्रभावित लगायतका विषयलाई प्राथमिकतामा राख्दै सहज रूपमा गुणस्तरीय निःशुल्क कानुनी सेवा उपलब्ध गराउने कानुन व्यवसायीहरूले प्रतिबद्धता जनाएका हुन् ।

कुनै पनि लाभको अपेक्षा नगरी निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्ने प्रो बोनो कानुन व्यवसायीहरूले उल्लेख गरेका छन् । 

के हो प्रो बोनो कानुनी सेवा

प्रो बोनो कानुनी सेवा भनेको कानुन व्यवसायीहरूले स्वेच्छिक रूपमा निःशुल्क प्रदान गर्ने कानुनी सहायता हो । यस्तो सेवा प्रदान गर्ने कानुन व्यवसायीले कतैबाट पनि शुल्क लिएका हुँदैनन् ।

जो आर्थिक रूपमा विपन्न छन्, पैसा तिरेर कानुनी सेवा लिन सक्दैनन् उनीहरूलाई कानुन व्यवसायीहरूले यस्तो सेवा स्वेच्छिक रूपमा प्रदान गर्छन् । जसमा पनि विशेष गरी मानव बेचबिखनमा परेका, छुवाछुत, जातीय विभेद, वैदेशिक रोजगारी, जबरजस्ती करणी तथा घरेलु हिंसा लगायतका विषयलाई कानुन व्यवसायीले प्राथमिकता दिन्छन् ।

निःशुल्क कानुनी सेवाको पहुँच नेपालको संविधानले प्रत्याभूत गरेको एक मौलिक अधिकार हो । निःशुल्क कानुनी सेवामा रहेका कमजोरीहरूलाई सम्बोधन गर्न सन् २०१९ मा नेपाल बार एसोसिएसनले प्रो बोनो कानुनी सेवाको लागि निर्देशिका समेत तयार पारेको छ । 

प्रो बोनो कानुन व्यवसायीहरूको राष्ट्रिय सञ्जालले यो सेवालाई अनिवार्य गर्दै प्रो बोनो कानुन व्यवसायीलाई सेवामा प्रोत्साहन गर्न माग गरेको छ । 

नेपालमा अहिले २० हजार हाराहारीमा कानुनी व्यवसायीहरू रहेका छन् । कुनै पनि कानुन व्यवसायीले स्वेच्छिक रूपमा प्रो बोनो सेवा दिन सक्छन् । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया