त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
म्याग्दी – बेनी-जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका 'टाइमकार्ड' हटाइएको छ । म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गएको माघ १० गतेदेखि दैनिक छ घण्टा गाडीको आवतजावत रोकेर सडक स्तरोन्नतिको काम हुँदै आएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिनुभयो । मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैँसम्मका लागि समय तालिका हटाएको र सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
म्याग्दीको महभिर, नौनीबगर र मुस्ताङको सीमाना काभ्रेभिर खण्डमा सडक निर्माण भइरहेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक पुग्ने गरेका छन् । २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने दुईसय किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।