चितवनका ८ ठाउँमा एकै पटक देखियो बर्ड फ्लु

 चैत १८, २०७८ शुक्रबार १७:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरा रहेका छन् । बाँकी फार्ममा रहेका कुखुरा गन्न बाँकी छ ।

चितवनमा बर्ड फ्ल' बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । चितवन पुग्नुभएका तिवारीले अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो ।

सबै जिल्लामा गरी अहिलेसम्म ८८ हजार आठ सय पक्षी मारिएको, ५१ हजार सात सय ६३ अण्डा नष्ट गरिएको, ३० क्विन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको तिवारीले जानकारी दिनुभयो । नष्ट गरेको कुखुरा तथा कुखुराजन्य वस्तुबापत सरकारले आठ करोड रुपैयाँभन्दा धेरै खर्च गरिसकेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया