यूएईकाे जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

 चैत १८, २०७८ शुक्रबार १७:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले आज शुक्रवार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । पत्रकार पाण्डेलाई जेल पुर्‍याउनका लागि यूएईमा रहेकाे नेपाली दूतावास नै लागिपरेको उहाँका आफन्तले आरोप लगाएका छन् । युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको र उहाँलाई विना सर्त रिहाइ गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पत्रकार पाण्डेका आफन्त पिताम्बर भुसालले बताउनुभयो ।

प्रदर्शनमा वाक स्वतन्त्रता हनन : लोकतन्त्रको उपहास, पराइ भूमिमा : आफ्नैबाट नागरिक असुरक्षित, परराष्ट्रको मौनता : राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । 

दुबईमा रहेको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उहाँ त्यहाँको जेलमा रहनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया