वैशाखमा आगलागी र डढेलोबाट २६ जनाकाे ज्यान गयाे

 वैशाख ३१, २०८१ सोमबार १८:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वैशाखमा सुक्खा र गर्मी बढेसँगै भएका आगलागी र वन डढेलोका घटनाबाट २६ जनाको ज्यान गएको छ ।

एक महिनामै आगलागीका घटनामा २० जना र वन डढेलोमा परेर छ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै ८३ जना घाइते भएका छन् ।

आगलागीबाट एक हजार तीन सय ६४ र डढेलोबाट चार सय सात घरपरिवार प्रभावित भएका छन् । यस्तै वैशाखामा चट्याङबाट आठ जनाको ज्यान गएको छ ।

वैशाखमा इतिहासकै धेरै वन डढेलो भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । यस वर्ष हिउँदे वर्षा कम भएकाेले वन डढेलोका घटना बढेका विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै जलवायु परिवर्तनको असरका कारण पनि डढेलोका घटना जटिल बन्दै गएका विभागले जनाएको छ ।

अन्तिम अपडेट: भदौ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया