जनता प्रगतिशील पार्टी भन्छ– ‘गठबन्धन संस्कृतिको भण्डाफोर गरौँ’

 चैत १९, २०७८ शनिबार १८:०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह चुनावमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ । सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह चुनाव लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो । 

आज शनिवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका नेता डा. शिवजी यादवले दलहरूलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौती गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर चुनावमा जानुपर्ने अडान लिएको स्पष्ट पार्नुभयो ।

नेता यादवले भन्नुभयो, ‘चुनावमा जाँदा गठबन्धन गरेर जान हुन्न । दलहरू आ–आफ्नो विचार बोकेर जनतामा जाने हो । दलीय व्यवस्थामा गठबन्धनको संस्कृति विरोधभाषी क्रियाकलाप हो । त्यो यथाशीघ्र रोक्नुपर्दछ । गठबन्धनको संस्कृति तोड्नलाई स्वतन्त्र उम्मेदवारलाई, जनतालाई डेलिभरी दिने व्यक्तिलाई मत दिएर अगाडि बढाउनुहोस् ।’

त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागिपरेको भन्दै मतदान गर्न पनि सबै मतदातालाई आग्रह गर्नुभयो । 

जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तहको चुनावमा जाँदा स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर जाने पनि जनाएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया