केही गर्न नसक्नेहरूले भ्यु टावरकाे विराेध गरे : अध्यक्ष ओली

 चैत २०, २०७८ आइतबार २०:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताउनुभएको छ । अध्यक्ष ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सङ्केत गर्दै भ्यु टावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताउनुभएको हो । 

आज आइतवार काठमाण्डाैमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै उहाँले भन्नुभयाे, ‘हामीले बनाएका भ्यु टावरहरू सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थल हुन् । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कुरा हुन् । तर केही मान्छे बुझ्दैनन् र भ्यु टावर बनाउन हुँदैनन् भनेर कसम खानुपर्नेछ भन्दै हिँडछन् । कतिको मन भतभत पोलेको छ धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाइन्छ ? त्यहाँ गहुँ फल्छ ? अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यु टावर नै हो । तर त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन् र त्यो एउटा गन्तव्य हो ।’

अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका आठ लाख ५५ हजार बढी सङ्गठित सदस्यहरूले एक सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताउनुभयो ।

कार्यक्रममा ओलीले त्याे केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया