वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३ सय ४२ पुग्याे

 चैत २२, २०७८ मंगलबार ९:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या तीन सय ४२ जना पुगेको छ । अहिलेसम्म ४१ वटा समूहका दुई सय ६१ जना पुरुष र ८१ जना महिलाले आरोहण अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अनुमति लिएका मध्ये एक सय ३३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । आरोहण अनुमति वापत अहिलेसम्म सरकारले १८ करोड रुपैयाँ भन्दा धेरै रोयल्टी सङ्कलन गरेको छ । गएको वर्षको वसन्तयाममा ९३ वटा आरोहण दल अन्तर्गत ६ सय ३५ जना विदेशी आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका थिए ।

गएको वर्ष अनुमति लिएका मध्ये  सगरमाथाको लागि अनुमति लिने ४६ वटा समूहमा चार सय आठ जना विदेशी आरोही थिए । यो बर्ष कोरोना महामारीको जोखिम कम भएकोले आरोहीको सङ्ख्या बढ्ने आशा गरिएकोभ एपनि रुस–युक्रेन युद्धको प्रभावले आरोहणका लागि आउनेहरुको संख्या कम देखिएको आरोहण व्यवसायीहरुले बताएका छन् । यस वर्ष अनुमति माग गर्नेहरुको सङ्ख्या गएको वर्षको तुलनामा कम रहेको पर्यटन विभागले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया