चुनावमा तालमेल गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

 चैत २२, २०७८ मंगलबार ११:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावको तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा चुनावको तयारी तथा अनुगमन समिति गठन गरेको र तल्लो तहबाट आएका सुझावका आधारमा उम्मेदवार चयन गर्ने निर्णय भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । बैठकमा चुनावी तालमेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ ।

यस्तै, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा गठबन्धनले चुनावी गतिविधिलाई अगाडि बढाउने छ । यस्तै,  बैठकले  कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल रहेको पनि निष्कर्ष निकालेको छ । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया