उदयपुरको दुई ठाउँमा बम भेटियो

 भदौ ३१, २०७५ आइतबार १२:५५:१५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – कटारी नगरपालिकाको कटारी बजारको दुई स्थानमा बम फेला परेको छ । कटारी बजारको शुभकामना चोक र बजारदेखि पाँच किलोमिटर टाढा मरुवामा बम फेला परेको हो । 

बिहान ३ बजे बजारमा फेला परेको बमलाई बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो । मरुवामा फेला परेको बम डिस्पोज गर्नका लागि लागि सेनाको टोली जाने तयारीमा रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा पार्टीले आइतबार जिल्ला बन्दको घोषणा गरेको थियो । बन्दको त्रास फैलाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 

पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका नेता कार्यकर्तामाथिको धरपकड दमन र झुठा मुद्दा खारेज गराउन उदयपुर बन्दको घोषणा गरेको छ । बन्दले बजार, विद्यालय, लामो तथा छोटो दुरीका सवारी साधन बिहानदेखि नै ठप्प रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया