घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

 चैत २३, २०७८ बुधबार १९:३६:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घाेराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो । 

मुख्यमन्त्री केसीले घाेराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयाे । उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो ।

मुख्यमन्त्री केसीले घोराही उपमहानगरपालिकाले स्थानीय सरकारले गरेका काममा प्रदेशमै चर्चा कमाएको भन्दै बालमैत्री पालिका घोषणा गरेर आफूलाई अब्बल सावित गरेको बताउनुभयो । कार्यक्रममा उपमहानगरका मेयर नरुलाल चौधरीले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया