सर्लाहीमा गोली लागेर एक भारतीय युवकको ज्यान गयो

 चैत २४, २०७८ बिहीबार ७:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको ज्यान गएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाका अनुसार मृतक महतोको पाखुरासहित शरीरका तीन ठाउँमा गोली लागेको थियो ।

महतोलाई मोटरसाइकलमा भारतबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन् । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले फरार व्यक्तिको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान चलिरहेको बताउनुभयो।
 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया