धादिङमा बस दुर्घटना हुँदा १५ जना घाइते

 चैत २४, २०७८ बिहीबार ११:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् ।

काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस  सडकमा पल्टिएकाे हाे ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएकाे छ । 
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया