मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो
पुस २२, २०८१ सोमबार
काठमाडौं – साउदी जाने नेपाली कामदारको न्यूनतम ज्याला कम्तीमा तीन सय रियाल (नाै हजार रुपैयाँ)ले बढ्ने भएको छ । न्यूनतम ज्याला ६ वर्ष पछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्युनतम ज्याला एक हजार रियाल बनाउन लागिएको हो ।
खाना खर्च एक सय रियाल बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको न्युनतम ज्याला सम्बन्धी प्रस्तावलाई गएको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । न्यूनतम ज्याला ६ वर्षदेखि पुनरावलाेकन नगरेकाे गुनासाे अाएपछि मन्त्री विष्टले पुनरावलाेकनका लागि अग्रसरता लिनुभएकाे थियाे।
अब साउदी जाने नेपाली कामदारले न्युनतम ज्याला एक हजार र खाना भत्ताका लागि कम्तीमा तीन सय रियाल पाउने छन् । यस अघि त्यहाँ जाने अदक्ष नेपाली कामदारले न्यूनतम ज्याला आठ सय र खाना भत्ता दुई सय रियाल पाउँथे । सयमा ९० जना कामदार अदक्ष कामदार जाने भएकाले यो व्यवस्थाले अदक्ष कामदार सबैभन्दा धेरै लाभान्वित हुनेछन् ।
सरकारले साउदी जाने कामदारलाई सीपका आधारमा वर्गीकरण गरेर न्युनत ज्याला तोकेको हो । अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका रुपमा वर्गाीकरण गरेर न्यूनतम ज्याला तोकिएको छ । यी सबै किसिमका कामदारको औषधोपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनेछ ।
राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुनेछ । मन्त्रालयका अनुसार यसै हप्ता नयाँ व्यवस्था राजपत्रमा प्रकाशित गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।