दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले निर्वाचन आयोगले बनाएका आचारसंहिता पालनामा प्रतिबद्ध रहेको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज बिहीवार निर्वाचन आयोगमा पुगेर आयोगले जारी गरेको आचारसंहितामा एमालेका केही असहमति रहे पनि यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाउनुभएको हो ।
लोकतन्त्रका आधारभूत प्रणालीलाई निर्वाचन आयोगले पनि सम्मान गर्नुपर्ने कुरा आयोगलाई लिखित रूपमै दिइएको पोखरेलले बताउनुभयो । चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार पुर्याउनुपर्नेमा जोड दिइएको पोखरेलको भनाइ छ ।
प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी प्रचार नै गर्न नपाउने कानुन लोकतन्त्रका लागि सुहाउँदो नभएकाले भविष्यमा यस्ता व्यवस्था परिवर्तन हुनुपर्ने एमालेको धारणा रहेको पोखरेले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरूले चुनाव प्रचार गर्न नपाउने विषयले अहिलेको सत्ता पक्षलाई मात्रै नभइ आउँदा दिनमा अरू सरकारका लागि पनि अप्ठेराे पर्ने भएकाले यसमा सहमत हुन नसकिने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।