म मन्त्रालय आएपछि थुप्रै सुधारका काम भइरहेकाे छ : मन्त्री आले

 चैत २४, २०७८ बिहीबार १९:४३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको बताउनुभएको छ । 

आज बिहीवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै काम भइरहेको बताउनुभएको हो । उहाँले आफ्नो मन्त्रालयमा थुप्रै फोहरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘विगतदेखि थुप्रै फोहोरका डङ्गुरहरू मन्त्रालयभित्र छन् । चाहे त्यो नारायणहिटीको कुरा गर्नुस्, चाहे पशुपति धर्मशालाको कुरा गर्नुस्, चाहे चार्टर्ड फ्लाइटमा भएका भ्रष्टाचारका कुरा गर्नुस् । म राजनीतिमा प्रवेश गरिसकेपछि राजनीतिलाई पेसा कहिल्यै बनाइनँ । राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु, तीन करोड नेपाली जनताको शिर ननिहुरिने गरी काम गर्छु । मलाई कुनै चिजको लोभ छैन । एअरपोर्टमा ट्याक्सीवालाको लुटपाट हुन्थ्यो, श्रमिकहरू वैदेशिक रोजगारमा जाँदा म्यानपावरदेखि विभिन्न ठाउँमा ठगिने गर्थे, ती सबै समस्या समाधान भएकाे छ ।’

मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक–हितको पक्षमा आफू सधैँ उभिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया