माओवादी अध्यक्ष प्रचण्डका भाइ राष्ट्रिय सभामा मनाेनीत

 चैत २५, २०७८ शुक्रबार २०:४३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज शुक्रवार राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया