काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रकाे मौसम धुम्म

 चैत २६, २०७८ शनिबार ८:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा अहिले मौसम धुम्मिएको छ ।

स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धुम्मिएको मौसम पर्सिदेखि भने बिस्तारै सुधार हुँदै जाने सम्भावना छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही भू–भागमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

मौसम बद्ली भएका यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनु यो । तर ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । तराईका प्राय सबै क्षेत्रमा आज पनि दिनभरि नै पारिलो घाम लाग्नेछ। 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया