संघीय लोकतान्त्रिक गणतन्त्रले अझै पनि गाँस, बास र कपासको ग्यारेन्टी गर्न सकेन : नेता खनाल

 चैत २६, २०७८ शनिबार १७:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा राजनीतिक परिवर्तन भए पनि नागरिकका आधारभूत आवश्यकता अझै पूरा नभएको बताउनुभएको छ ।

एकीकृत समाजवादी पार्टीले काठमाण्डौको भृकुटीमण्डपमा गरेको आमसभालाई सम्बोधन गर्दै नेता खनालले  नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताउनुभयो । गणतन्त्र स्थापना भएको १५ वर्ष पुगिसक्दा पनि नागरिक गास, बास र कपासकै अभावमा बाच्न बाध्य हुनु राजनीतिक दल र नेताहरुको लागि प्रमुख सोचनीय विषय भएको खनालको भनाई छ ।

सुखी नेपाली, समृद्ध नेपालको चाहना जनताको बहुदलीय जनवादबाट मात्रै पूरा नहुने भएकाले आफूहरुले समाजदावी यात्रा थालेको खनालले बताउनुभयो । देशमा समाजवादी क्रान्तिको आवश्यकता रहेको तर यसमा एमाले अध्यक्ष केपी शर्मा ओली बाधक बनेकाले आफूहरुले नयाँ पार्टी निर्माण गरेको झलनाथ खनालको भनाई छ । खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाउनु भएको छ ।

ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै नेता खनालले आफ्नो पार्टी दशाैँ टनको बनिरहेको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिनु भयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया