भक्तपुरमा बिस्का जात्रा  सुरु हुँदै

 चैत २७, २०७८ आइतबार ९:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा आजदेखि हुँदैछ ।

नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज बेलुका तमारीमा रहेको पाँचतले मन्दिर अगाडिबाट नकिङ्जु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

बिस्का जात्राको पाँचौँं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन बेलुका अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ। लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया