वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जना उद्यमी सम्मानित

 चैत २७, २०७८ आइतबार १४:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ ।

शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई  ७५ हजार रुपैयाँ बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा बोल्दै श्रम मन्त्री किसान श्रेष्ठले वैदेशिक रोजागारमा गएका, रोजगारीमा गएर फर्किएका वा जान लागेका सबैलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भयो। उहाँले वैदेशिक रोजगारीमा जानेहरुलाई राज्यले सम्मान गर्नुपर्छ भनेर निरन्तर लागि परेको दाबी गर्नु भयो ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख नै ब्याज विना सीमित समयको लागि दिने व्यवस्था सरकारले गर्न लागेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा गएर श्रमिकले कमाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र चलेको भए पनि वैदेशिक रोजगारीमा जाँदा ठकिने अवस्थाको अन्त्य गर्न नसकिएको बताउनु भयो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्नेहरुलाई बैंकहरुले सहुलियत कर्जा दिन नदिएको अनुगमन मन्त्रालयले गर्ने बताउनु भयो ।

त्यस्तै, सम्मानित हुने उद्यमी शंकरकुमार ओलीले खाडी देशबाट फर्किर नेपालमा आएर सानो उद्यम गर्दा राज्यले सम्मान गर्दा सपना जस्तो लागेको बताउनु भयो । उहाँले कँही कसैलाई भन्सुन नगरी थाहा नै नभइकन मन्त्रालयबाट पुरस्कार ग्रहण गर्न पाउँदा खुसी लागेको बताउनु भयो । त्यस्तै, अर्का सम्मानित उद्यमी हरिप्रसाद जैसीले कोरियामा सिकेर आएको सीपलाई नेपालमा प्रयोग गर्दा सम्मान पाएकोमा खुसी भएको बताउनु भयो । उहाँले उद्यमी बन्न विभिन्न समस्या रहेको बताउनु भयो ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया