चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

 चैत २७, २०७८ आइतबार १६:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो ।

पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्रिय हुनुपर्नेछ ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक सय ११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको छ । यस्तै बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चुनाव परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका रहनुभएको छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया