गाउँ छिरे बाँकेका राजनीतिक दल

 चैत २७, २०७८ आइतबार १८:३१:५१ | रासस
unn.prixa.net

बाँके – पालिका चुनावका लागि राजनीतिक दलहरू गाउँ–गाउँ छिर्न थालेका छन् । खासगरी प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू वडास्तरमा वडा कार्यालय स्थापना गर्दै गाउँ छिर्न थालेका छन् । 

माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले पार्टीको तयारीका लागि आफूहरू गाउँ छिर्न लागेको उल्लेख गर्दै सबै पार्टीहरूले आ–आफ्नो तयारी गरिरहेको जानकारी दिनुभयो । कांग्रेस बाँकेका सभापति नारायण गौडेलले चुनावका लागि आफूहरू गाउँ छिरिसकेको उल्लेख गर्दै पालिका तहको ८१ वडामा नै पार्टीको वडा कार्यालय स्थापना भएको जानकारी दिनुभयो ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टीको वडास्तरमा उम्मेदवार छनोटको विषयमा चुनाव भएको र पालिकास्तरमा उम्मेदवार सिफारिसका लागि चुनाव हुने जानकारी दिँदै पालिका तहका धेरैजसो वडामा पार्टीको वडा कार्यालय स्थापना भएकाले गाउँ छिर्न थालेको उल्लेख गर्नुभयो । 

‘पार्टीलाई सबै पालिकामा जिताउनका लागि आन्तरिक छलफल र बैठक जारी छन्’, उहाँले भन्नुभयो । प्रमुख राजनीतिक दल बाहेकका मधेसवादी राजनीतिक दल र साना राजनीतिक दल पनि गाउँ छिर्न थालेका छन् ।  

जिल्लामा पालिका चुनावका लागि सबै राजनीतिक दलको ध्यान नेपालगञ्ज उपमहानगरको नेतृत्व कसलाई दिने भन्नेमा केन्द्रित देखिएको छ । अहिले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट सत्ता गठबन्धनबाट मेयरमा, उपमेयरमा उमा थापामगर, महासमिति सदस्य निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया, नगर सभापति प्रशान्त विष्ट, व्यापारिक पृष्ठभूमिका अच्युतप्रसाद प्रसाईं र ललितकुमार रौनियारमध्येबाट एक जनालाई उम्मेदवार बनाउने गरी तयारी अघि बढाएको बताइएको छ । 

माओवादी केन्द्रले नवीन शर्मा, व्यापारी नेता नन्दलाल वैश्य र आदेश अग्रवालको नाम चर्चामा ल्याएको छ । एमालेका तर्फबाट पशुपति दयाल मिश्रका नाममा पार्टीभित्र असहमति देखिएको छैन । 

राप्रपाबाट प्रमुख जितेका डा. धवलशम्शेर राणाले पालिका चुनाव नलड्ने घोषणा गरेकाले पार्टीबाट प्रमुखमा उम्मेदवार बन्ने निश्चित गरेको छैन तर औषधि व्यवसायी अभयकुमार बस्नेत र अहिले वडा नं ४ का अध्यक्षसमेत रहेका सफिक बेहनाले मेयरका लागि आफ्नो दाबी रहेको बताएका छन् । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया