विवेकशील साझाले काठमाण्डौ महानगरकाे मेयरमा समीक्षा र उपमेयरमा कीर्तिलाई उठाउने

 चैत २८, २०७८ सोमबार १२:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ।

यस्तै, उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ।

आज विज्ञप्ति निकालेर  विवेकशील साझा पार्टीले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएको हो।

मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वाग्मती प्रदेशकी पूर्वसंयोजक तथा अहिले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। यस्तै, उपमेयरमा अघि सारिएकी कीर्ति केन्द्रीय सदस्य हुनुहुन्छ। 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया