कतारमा बसोबासको नियम उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अवस्था सच्याउन समय थप

 चैत २८, २०७८ सोमबार १८:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  कतारमा बसोबासको नियमलाई उल्लङ्घन गरेका विदेशी नागरिकले आफ्नो कानुनी अवस्था सच्चाउने समयावधि कतार सरकारले बढाएको छ । 

विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने भएका हुन् । 

कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम, घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उल्लङ्घन गरेकाहरूले यो अवसरको फाइदा लिन सक्नेछन् । 

रोजगार भिसामा कतार गएर कतारी आईडी प्राप्त नगरेका वा नवीकरण नभएकाहरूले आफ्नो कतार बसाइँलाई वैधानिक बनाउन चाहेमा कुनै रोजगारदाताबाट ‘जब अफर लेटर’सहित तोकिएको केन्द्रमा गएमा आफ्नो बसाइँलाई वैधानिक बनाउन सक्नेछन् ।

यसरी आफ्नो कानुनी अवस्था सच्याउँदा लाग्ने दण्ड र जरिबाना पनि छुट् हुनेछ । 

स्वदेश फर्किन चाहनेहरूले भने सर्च एण्ड फलोअप डिपार्टमेण्टमा रहेको काउन्टरमा स्वदेश फर्किने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट हुनेछ । यसरी आवेदन दिनेहरूले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म निवेदन दिन सक्छन् ।

सन् २०२१ को डिसेम्बर महिनासम्मका लागि तोकिएको समय बढाएर कतारले मार्च ३१ सम्मका लागि तोकेको थियो । तर अहिले पुनः समय थप गर्दै अप्रिल ३० सम्म पुर्‍याएको हो ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया