पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
भरतपुर – आउँदाे वैशाख ३० गते हुन लागेकाे पालिका चुनावका लागि चर्चामा रहेकाे चितवनकाे चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि कांग्रेसबाट २५ जनाले र उपमेयरका लागि २४ जनाले नाम दर्ता गराएका छन् ।
हिजो आइतवार र आज साेमवार पार्टीकातर्फबाट आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएको थियो । पालिका चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास भइरहेको छ ।
्गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गएको चुनावमा नेकपा माओवादी केन्द्रलाई मेयर पद छोडेकाले अब आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गृहजिल्लाको महानगरमा फेरि पनि आफ्नै छोरी रेणु दाहाललाई दोहोर्याउने प्रयास गरिरहनुभएको छ ।
कांग्रेसबाट भरतपुर महानगरको मेयर र उपमेयरमा दाबी गर्नेमध्ये पूर्वमन्त्री, सांसद र पार्टीका केन्द्रीय सदस्यहरू समेत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।