पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

 चैत २९, २०७८ मंगलबार ७:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गर्नुभएको थियो । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाउनुभएको थियो ।

पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी आफूले बहन गर्न नसकेको हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया