भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर

 चैत २९, २०७८ मंगलबार १५:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर भएको छ । पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।  

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ । उहाँभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश हुनुहुन्छ ।  

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले सूचनामार्फत जानकारी दिएको छ । तर हेरफेर गरिनुको कारण भने सूचनामा खुलाइएको छैन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया