दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
ललितपुर – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आउँदाे वैशाख ३० गते हुने पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको तर्क गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पालिका चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चुनाव सारेर पालिकालाई रिक्त बनाउने २०५९ सालमा आफैँले गरेकाे गरेको गल्ती दोहोर्याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेकाे छ । चुनाव सारेर पालिका तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आउँदाे वैशाख ३० गते हुने पालिका चुनाव सार्न मिल्दैन । यो देशकाे हितविरुद्धको षड्यन्त्र हुन्छ । यो षड्यन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिनुभयो । त्यस त्याे बहानामा चुनाव सार्न नहुने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।