कोरोनाको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्यो, खोप लगाउन समेत बेवास्ता

 चैत ३०, २०७८ बुधबार ८:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्न थालेको छ । संक्रमणको जोखिम कम भएसँगै कोरोना विरुद्धको खोप नलगाएका कतिपयले खोप लगाउन बेवास्ता गरिरहेका छन् भने  धेरैजसोले अहिले घर बाहिर निस्कदा मास्क लगाउन समेत छोडेका छन् ।

पालिका चुनाव २०७९ नजिकिएसँगै चुनावी गतिविधि बढेको छ । गाउँघर, शहरबजार तथा चोक चोकमा भेला हुने र चुनाव बारे छलफल हुने गरेको छ । तर, यस्ता छलफल र कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरेका छैनन् । कोरोना भाइरसको जोखिम टरिनसकेको भन्दै स्वास्थ्य मन्त्रालयल र स्वास्थ्य विज्ञले मापदण्ड पालनालाई अनिवार्य गर्न आग्रह गर्दै आएका छन् । तर, धेरैजसोले मापदण्ड पालनामा बेवास्ता गरेका छन्  ।

यसले भोलिका दिनमा फेरि संक्रमण फैलिने आशंका बढाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो । यसैबीच, सरकारले १८ वर्ष माथिका सबैलाई यो वर्ष कोरोना विरुद्धको खोप दिने भने पनि त्यो लक्ष्य पूरा नहुने भएको छ । तर, लक्ष्यको नजिक भने सरकार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १८ वर्ष भन्दा माथिका ९४ प्रतिशतले खाेपकाे एक मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा लगाएका  धेरैले दोस्रो मात्रा लगाएका छन् । तर केहीले अझै लगाउन बाँकी छ ।

शतप्रतिशत लक्ष्यमा पुग्न नसके पनि लगभग नजिक पुगेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । अहिले कोरोना विरुद्धको खोप पर्याप्त छ । खोप लगाउन बाँकी रहेका व्यक्तिले चाहेको बेलामा खोप लगाउन पाउँछन् । तर, संक्रमणको जोखिम कम भए सँगै उनीहरुले खोप लगाउन बेवास्ता गरिरहेका छन् । यस्ता व्यक्तिलाई सम्झाई बुझाई गरी खोप लगाउने गरिएको अधिकारीको भनाइ छ । सरकारले अहिले १२ वर्ष भन्दा माथिका बालबालिकालाई पनि खोप दिइरहेको छ । तर, अहिले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने अभियान चलिरहेकाल यो खोप लगाएको १५ दिनसम्म कोरोना विरुद्धको खोप नलगाउन डाक्टर समिरकुमार अधिकारीको आग्रह छ । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया