छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

 चैत ३०, २०७८ बुधबार ९:१८:२२ | दमन राई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार पनि गरेका छन् । घट्ना लगत्तै प्रहरी चौकी नुनथलाबाट पुगेको प्रहरीले प्रधानाध्यापक आचार्यलाई नियन्त्रणमा लिएको हो ।

शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बहानामा यौनजन्य हिंसा गर्दै आएको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियुका अध्यक्ष मोहन संग्रामकाे भनाइ छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया