ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गयो

 चैत ३०, २०७८ बुधबार ११:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।

घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।  सोलुखुम्बुबाट माेरङकाे विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताउनु भएको छ ।  गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया