धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
माेरङ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर पालिका चुनाव जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।
निर्वाचन आयोग नेपालले आज माेरङमा आयाेजना गरेकाे स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले पालिका चुनाव निष्पक्ष, स्वतन्त्र एवम् मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनावका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवम् स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राख्नुभयो ।
उहाँले आयोगले निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिनुभयो । उहाँले १० हजार दुई सय मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताउनुभयो ।
प्रदेश नं १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले चुनावलाई उत्सवका रूपमा लिइ स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी एक सय २० जनाको सहभागिता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।